पुर्व पर्सा देखि पश्चिम कञ्चनपुर सम्म तराईका ११ जिल्ला र पहाडका ८ जिल्ला गरि जम्मा १९ जिल्लामा आफ्नो कार्यक्षेत्र रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले करिब ३८,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
यस संस्थाले यु.के.एड, सक्षम वित्तीय पहुँच संग को सहकार्यमा सञ्चालित “उर्जाको उत्पादनशिल प्रयोगका लागि ग्रामिण वित्तीय पहुँच अभिबृिद्ध” परियोजना अन्तरगत रुपन्देहीको बुटवलमा संस्थाको परियोजना अन्र्तगतका रुपन्देही, कपिलबस्तु र दाङ्ग जिल्लामा अवस्थित १० वटा शाखा कार्यालयहरुका ४१ जना कर्मचारीहरुलाई उर्जा कर्जा अन्तरगत प्रर्वद्धन गरिएका प्रविधिहरु तथा यसको बजारीकरण सम्बन्धि पुनरताजगी तालिम र लघुउद्यम कर्जाको बजारीकरण विषयक तालिम श्रावण ३१ र ३२ मा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष श्री बावुराम विश्वकर्माको अध्यक्षता रहेको उक्त कार्यक्रममा संस्थाका केन्द्रीय कार्यालयका अधिकृतहरु इन्द्र बराली, भरत कुमार रसाली, सन्तोष रसाइली, वीनरक इन्टरनेशनलका पशुपती प्रसाद खत्री, रबिन श्रेष्ठ तथा विभिन्न उर्जा प्रविधि प्रदायक कम्पनीका प्रतिनिधिहरुबाट आ–आफ्ना विषयहरुमा सहभागिहरुलाई सहजिकरण गरिएको थियो ।
हालसम्म संस्थाद्धारा परियोजना अन्तरगतका २१ वटा शाखा कार्यालहरुबाट करिब ६५० जना सदस्यहरुको विभिन्न व्यबसायहरुमा जलवायु अनुकुल उर्जा प्रविधिहरु जडानका लागि उर्जाकर्जा सेवा प्रदान गरेको छ ।