विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) ले विश्व नै आक्रान्त भै मानव जातिको अस्तित्व जोगाउन विश्व नै कोभिड–१९ को विरुद्धमा लडिरहेको यस विषम परिस्थितीबाट नेपाल पनि अछुतो रहन सकेन । विषम परिस्थितीलाई मध्यनजर गर्दै कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने उच्च जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण प्रभावित भएका, साँझ बिहान छाक टार्न मुस्किल परेका आम जनमानसलाई राहत पु¥याउने अभिप्रायका साथ यस जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी संस्थाको सञ्चालक समितिबाट निर्णय भए बमोजिम केन्द्रीय कार्यालय तथा आ–आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका ३९ वटा शाखा कार्यालयहरु मार्फत स्थानीय तहले स्थापना गरेको राहत कोषमा प्रत्येक शाखा कार्यालय मार्फत आर्थिक सहयोग स्वरुप रु १०,०००।– का दरले जम्मा रु ४,००,०००।– विभिन्न स्थानीय तहको राहत कोषमा जम्मा गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेलले जानकारी दिनु भयो ।
आर्थिक सहयोग रकम हस्तान्तरणको सुरुवात संस्थाका अध्यक्ष श्री बावुराम बिश्वकर्माले बुटवल उपमहानगरपालिका मेयर श्री शिवराज सुवेदीलाई संस्थाका सञ्चालक समिति सदस्य श्री रेवन्त बहादुर विश्वकर्मा, मान बहादुर बिश्वकर्मा र प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेलको उपस्थितीमा चेक हस्तान्तरण गरी गरिएको थियो । साथै, कोरोना भाइरसको प्रभावलाई मध्यनजर गरी आगामी दिनहरुमा पनि कोरोना भाइरसको संक्रमणबाट प्रभावितहरुलाई राहत वितरण गर्ने संस्थागत योजना रहेको संस्थाका अध्यक्ष श्री बावुराम विश्वकर्माले जानकारी दिनुभएको थियो । तत् पश्चात ३९ वटै शाखा कार्यालयका शाखा प्रमुखहरुले आ–आफ्नो शाखा रहेको स्थानीय तह सँग समन्वय गरी स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने गरी नगर प्रमुख तथा अध्यक्षहरुलाई भेटी चेक हस्तान्तरण गरेका थिए ।
स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण भन्ने मुख्य अभियानका साथ स्थापित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमा वित्तीय सेवा पुर्याउने र समुदायमा रहेको शिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ । हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ ।