मिति २०७८/०१/३० गते बिहीवारका दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को १० औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष श्री बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड‐१९) को दोस्रो भेरियन्टको संक्रमण जोखिम नियन्त्रण गर्ने उद्देश्यका साथ स्थानीय प्रशासनहरुले जारी गरेका निषेधज्ञाका कारण संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्दै न्यूनतम् संख्यामा भौतिक उपस्थितीका साथै भर्चुअल माध्यमबाट समेत शेयरधनी महानुभावहरुलाई सहभागीता गराई साधारण सभा सम्पन्न गरको छ । कार्यक्रम सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत÷कम्पनी सचिव श्री श्रीराम पोख्रेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका सञ्चालक समितिका सदस्य श्री रेवन्त बहादुर विश्वकर्माले गर्नु भएको थियो ।
वार्षिक साधारण सभाको औपचारिक उद्घाटन सँगै संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बीके ले कोरोना भाईरसको यस विषम परिस्थितीमा समेत प्रविधीको प्रयोग गरी भर्चुअल माध्यमबाट समेत सहभागीता गराई साधारण सभा गरेकोमा बधाई तथा शुभकामना दिदै वित्तीय संस्थालाई कोरोना भाईरस कोभिड–१९ ले पारेको प्रभावलाई न्यूनिकरण गर्न नयाँ खालको रणनीति तयार गरी संस्थाका हरेक गतिविधिहरुलाई स्केलिङ्ग गरेर लग्नु पर्ने विषयमा सुझाव समेत दिनु भयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष श्री यम बहादुर बि.के., पूर्व सञ्चालक डा. मेग बहादुर विश्वकर्मा, संस्थापक श्री शंकर प्रसाद पौडेल, श्री हरी काफ्ले, श्री यज्ञ विक्रम शाही, श्री भिम कुँवर, श्री नर बहादुर विश्वकर्मा (जर्ज इभरेष्ट), श्री बिनोद खाती, सर्वसाधारण शेयरधनीको तर्फबाट डा. अन्जनी कुमार गुप्ता ज्यू लगाएतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७६/०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु ७,९२,००,०००।– (अक्षरुपी सात करोड बयानब्बे लाख मात्र) को २.६० प्रतिशतले हुन आउने रकम रु.२०,५९,२००।– (अक्षेरुपी विस लाख उनन्साठी हजार दुई सय रुपैया मात्र) नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, आ.व. २०७६/०७७ को आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु.७,९२,००,०००।– (अक्षरुपी सात करोड बयानब्बे लाख) को ४९.४० प्रतिशतले हुने रकम रु ३,९१,२४,८००।– (अक्षेरुपी तिन करोड एकानब्बे लाख चौविस हजार आठ सय मात्र) बरावरको बोनस शेयर जारी गर्ने, संस्थाको अधिकृत पूँजी रु १५,००,००,०००।– (अक्षरुपी दश करोड) बाट बृद्धि गरी रु ५०,००,००,०००।– (अक्षरुपी पचास करोड) पु¥याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लावाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको छ ।
सभाको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष श्री बाबुराम विश्वकर्माले संस्थालाई यस विषम परिस्थितीमा स्वास्थ्य सर्तकता अपनाउदै, संस्थाको अल्पकालिन तथा दीर्घकालिन रणनीतिहरु तयार पारी कार्यन्वयन गराउदै संस्थालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुका साथै सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४५,००० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ ।