यूके.एड., सक्षम वित्तीय पहुँच सँगको सहकार्यमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले समुहमा आवद्ध समुह सदस्यहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार सृर्जना गर्ने उद्देश्यका साथ शाखा कार्यालय शक्तिखोर, चितवन र शाखा कार्यालय ठोरी पर्सामा आवद्ध ५३ जना समुह सदस्यहरुलाई २ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
दुई छुट्टा छुट्टै स्थानमा सञ्चालित कार्यक्रममा इच्छाकालिका गाँउपालिका वडा नं. १, चितवनमा कालिका नगरपालिकाका पशु सेवा शाखाका अधिकृत श्री इश्वरी प्रसाद पौडेलले र ठोरी गा.पा. २, टाउन प्लान, पर्सामा कृष्ण बहादुर कार्कीले तालिमलाई सहजीकरण गर्नु भएको थियो । तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो । कार्यक्रमलाई सम्बन्धित शाखाका शाखा प्रमुख सुमन सापकोटा र अजय गुरुङ्ग लगायत त्यँहा कार्यरत कर्मचारीहरुले व्यवस्थापन गरेका थिए ।