यू.के.एड., सक्षम एक्सेस टु फाइनान्सको आर्थिक सहयोगमा यस जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आयोजना तथा प्राविधिक सहयोगी संस्था वीनरक इन्टरनेशनलको सहजीकरण तथा विभिन्न उर्जा प्रविधि बिक्रेता कम्पनीहरुको उपस्थितीमा संस्थाको विभिन्न शाखा कार्यालयहरु पड्सरी, कलोनी, रुद्रपुर तथा बनगाई गरी ४ वटा शाखामा आवद्ध समुह सदस्यहरुलाई लक्षित गरी मिति २०७६/०५/१० र ११ गते का दिन जलवायु अनुकुल उर्जा प्रविधिहरुको नमुना प्रर्दशनी कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री बावुराम बिश्वकर्माको अध्यक्षतामा प्रर्दशनी कार्यक्रमको सुभारम्भ भएको थियो । उक्त प्रर्दशनी कार्यक्रमको सुभारम्भ गर्दै संस्थाका अध्यक्षले समुह सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको यस प्रर्दशनी कार्यक्रमबाट सुमह सदस्यहरुले आफूले सञ्चालन गरेको व्यवसाय सँग मेल खाने उर्जा प्रविधिहरुको प्रयोग गरी आफ्नो व्यवसायलाई आधुनिक प्रविधि युक्त व्यवसाय बनाई विद्युतमा लाग्ने खर्च कटौती गर्नका लागि आग्रह समेत गर्नु भयो । साथै, उक्त कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्स बाट प्रतिक देवकोटा, वीनरक इन्टरनेश्नल नेपालबाट श्री रविन श्रेष्ठ, जनउत्थानको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी इन्द्र बराली र सन्तोष रसाइली तथा उर्जा प्रविधि बिक्रेता कम्पनीका प्रतिनिधिहरु घामपावरबाट धिरज ठाकुर, हाइम्याक इन्टरनेश्नलबाट नन्द किशोर शाह, हरिहर लुईटेल तथा सूर्योदय उर्जाका बुटवल स्थित प्रतिनिधि नन्दन अर्यालको उपस्थिती रहेको थियो ।
उक्त प्रर्दशनी कार्यक्रममा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्वारा ऊर्जा कर्जा अन्र्तगत प्रर्वद्धन गर्न लागेका उर्जा प्रविधिहरु सुधारिएको चुलो, घरेलु तथा व्यवसायिक बाँयो ग्यास, सोलार कन्डक्सन ड्रायर, सौर्य विद्युत प्रणाली, सोलार वाटर पम्प, सोलार वाटर हिटर, सोलार कुटानी पिसानी, सोलार रेफ्रिजेरेटर, विद्युतीय रिक्साको बारेमा जानकारी गराउनुका साथै केही प्रविधिहरुको नमुना प्रर्दशनी गरिएको थियो । साथै उक्त कार्यक्रममा विभिन्न शाखा कार्यालयहरुमा आवद्ध करीव २०० जना सदस्यहरुले उर्जा प्रविधिहरुको अवलोकन गर्नुका साथै त्यसको बारेमा जानकारी लिएका थिए ।
संस्थाले सक्षम एक्सेस टु फाइनान्सको आर्थिक सहयोगमा संस्थामा आवद्ध समुह सदस्यहरुको घर, साना लघु उद्यम तथा आयआर्जनका कार्यहरुका लागि उचित मुल्यका, स्वच्छ तथा जलवायु अनुकुल उर्जाको पहुँच सहज बनाउने लक्ष्यका साथ “उर्जाको उत्पादनशील प्रयोगका लागि ग्रामिण वित्तीय पहुँच अभिवृद्धि परियोजना” सञ्चालन गरेको छ । जस अन्र्तगत संस्थाले समुह सदस्यहरुलाई लक्षित गरी गोबर ग्यास÷वैकल्पिक उर्जा (सोलार) कर्जालाई परिमार्जन गरी उर्जा कर्जा निर्माण गरेको छ । यो कर्जा अन्र्तगत समुह सदस्यहरुले उर्जा प्रविधिहरु जडान गर्न इच्छुक भएमा १६% घट्दो ब्याजदरमा उपलब्ध गराउन सकिनेछ ।
“स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण” भन्ने मुल नारालाई आत्मसात गर्दै आर्थिक रुपले विपन्न तथा वित्तीय पहुँचबाट वञ्चित समुह सदस्यहरुलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्ने उदेश्यले स्थापित पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा ३१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको छ ।