गण्डकी प्रदेश नवलपरासि (बर्दघाट–सुस्ता पूर्व) जिल्ला बुलिङ्गटार गाउँपालिका वडा नं. ३ मा मिति २०७५÷०९÷०१ गतेका दिन देखि कारोवार सञ्चालनमा रहेको जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यलय बुलिङ्गटारको मिति २०७६÷०२÷३२ गतेका दिन संस्थाका अध्यक्ष श्री बावुराम विश्वकर्मा र कार्यक्रमको प्रमुख अतिथि तथा बुलिङ्गटार गाउपालिका कि उपाध्यक्ष श्री मैना विश्वकर्मा ज्यू को संयुक्त आतिथ्यतामा दियो प्रज्वलन गरी शाखाको औपचारिक सुमद्घाटन समारोह सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमकि प्रमुख अतिथि श्री मैना विश्वकर्माले महिला दिदि बहिनीह? संस्थामा आबद्ध स–सानो रकमलाई बचत गर्ने बानीको विकास गर्दै आवश्यकता अनुसार संस्थाको नियम अनुसार कर्जा उपभोग गरि आफ्नो आयआर्ज बृद्धि गर्नका लागि उत्पादन मूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो ।
पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्ला र ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको यस संस्थामा करिब ३७,००० जना आर्थिक ?पले विपन्न तथा वित्तीय पहुँचबाट वञ्चित समुह सदस्यह? आवद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेलले जानकारी गराउनु भएका थियो ।
संस्थाका सञ्चालक समितिका सदस्य तथा जोखिम व्यवस्थापन समितिका संयोजक श्री गोकर्ण बहादुर कार्की क्षेत्री तथा संस्था सञ्चालक समितिका सदस्य तथा लेखा समितिका संयोजक श्री नरेन्द्र कंडेल ले यस संस्थाको शाखा कार्यालयले उपलब्ध गराउने सेवा सुविधाबाट बढी भन्दा बढी लाभाम्वित हुन आग्रह गर्नु भएको थियो । साथै, बुलिङ्गटार गा पा वडा न. ३ का अध्यक्ष यम बहादुर झेडी, त्रिभुवन मा.वि का सहायक प्र.अ दलबहादुर विश्वकर्मा, समाजसेवी मानसिंह लुङ्गेली, बुलिङ्गटार बहुउद्देश्य सहकारी संस्थाका कोषाध्यक्ष प्रकास गिरी, नेकपाका प्रनिनिधी कोषराज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शाखा कार्यालयको औपचारिक समुद्घाटन समारोह तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संस्थाका संचालक समितिका अध्यक्ष श्री बावुराम विश्वकर्मा ज्यूले संस्था तपाईह?को घर दैलोमा आईपुगेको छ, संस्थामा आवद्ध भई संस्था मार्फत लघुवित्त सेवा उपभोग गर्नु हुन सवैलाई आग्रह गर्दै उपस्थित सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथी, अतिथिह?, समुह सदस्यह? लगायत स्थानीय समुदायह?लाई धन्यवाद दिदैं औपचारिक कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो । कार्यक्रमको संचालन टोपेन्द्र विश्वकर्माले गरेका थिए ।