जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र यु.के. एड, सक्षम एक्सेस टु फाइनान्स संगको “उत्पादनशिल उर्जा प्रविधिको प्रयोगमा ग्रामिण वित्तीय पहुँचमा अभिवृद्धी” नामक परियोजना सहकार्यमा विनरक इन्टरनेशनलको प्राविधिक सहयोग तथा जलवायु अनुकुल उर्जा प्रविधि वितरक कम्पनीहरुको सहकार्यमा परियोजना कार्यान्वयन अन्र्तगतका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका जिल्लाहरुका शंसेरगंज, कोहलपुर, बागेश्वरी, बडैयाताल, ककौरा, लालझाडी,रैकवारबिचुवा र दुर्गौली गरि संस्थाका ८ वटा शाखा कार्यालयहरुमा समुह सदस्यहरुको विद्यमान तथा भावि योजनाका ब्यवसायमा उर्जा प्रविधिहरुको माध्यमबाट ब्यवसायलाई थप उत्पादनशिल बनाई आम्दानीमा बृद्धी गर्ने उदेश्यका साथ विभिन्न ५ उर्जा प्रविधिहरु सोलार विद्युत प्रणाली, सोलार रेफ्रिजेरेटर, सोलार कन्डक्शन ड्रायर, सुधारिएको चुलो तथा सोलार वाटर पम्प जस्ता प्रविधिहरुको नमुना प्रर्दशनी कार्यक्रम सम्पन्न गरियो । साथै परियोजना कार्यान्वयन जिल्ला अन्र्तगतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई उर्जा प्रविधहिरुको विशेषता विषयक १ दिने पुनर ताजगी तालिम र समुह सदस्यहरुलाई सोलार ड्रायरको प्रयोगबाट गर्न सकिने आयआर्जनका अवसरहरुको विषयमा १ दिने तालिम टिकापुरमा सम्पन्न गरिएको गरिएको छ ।
कार्यक्रमका केहि झलकहरु....