जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले कञ्चनपुर जिल्लाको लालझाडी शाखामा आबद्ध सदस्यहरुको मिति २०७६ जेष्ठ २३ गते आएको बिनासकारी हावाहुरीले पुराएको क्षेती अध्ययन गदै सस्थाका आन्तरीक लेखा परिक्षक,अनुगमन र मुल्याकन बिभागका बिभाग प्रमुख वरिष्ठ अधिकृत बसन्त पचभैयाको अध्यक्षतामा मिति २०७६ असार ६ गते राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अथितिको मन्तव्य दिदै गाउपालिका का अध्यक्ष मदन सिह कठरियाले संस्थाले जुन प्रकारको राहत बितरण गरेको छ उतm कार्य सहरानिय भएको र एउटा सहयोगीको भावनाको बिकास निर्माण गरेको र अरुलाइै पनि सहयोग गर्ने बातावरण तयार गरेको भन्दै प्रशंसा गर्नुभयो साथै हावाहुरी पिडितहरुलाई राहत सुविधामा मात्र भर नपरेर बर्खा लागी सकेकाले आ आफ्नो बस्ने घर बनाउनहुन र केही समस्या भएमा गाउँपालिकाले सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए । साथै गाउँपालीकाले समेत लागत संकलन गरीरहेकोे र छिटै राहत बितरण गर्ने जानकारी दिएका थिए ।
यस्तै संस्थाका आन्तरिक लेखापरिक्षक, अनुगमन र मुल्याकन बिभागका बिभाग प्रमुख पचभैयाले आज मिति २०७६ असार ६ गते नै लालझाडी शाखाका सदस्यहरु ४६ जनालाई रु ७१ हजार र रैकवार बिचवा शाखाबाट ३९० जनलाई रु ७ लाख १७ हजार रातवितरण गरेको जानकारी गराउदै जनउत्थान लघुवित संस्थामा आवद्ध सदस्यहरुलाई हरेक सुखदुखमा साथ दिने र दिईरहेको बताउनु भयो । सदस्यको बच्चा जन्म हुदा सुत्केरी सुविधा,मृत्यु हुदा कागक्रिया, प्राकृतीक प्रकोप राहत सुविधा र सदस्यको मृत्यु भएको अवस्थामा कर्जा मिनाहाको गदै आएको बताउनुभयो । यस आ.व.मा सुत्केरी सुविधा १६७ जनालाई २ लाख ४८ हजार,काजक्रिया खर्च ४४ जनालाई १ लाख ३१ हजार,क्रृण मिनाह २३ जनालाई ९ लाख ७० हजार ९ सय ५८, आर्थीक बिपन्न भएको १२ जनालाई रु ५० हजार र प्राकृतीक प्रकोप हावाहुरी पिडित ४३६ जनालाई ७ लाख ८८ हजार राहत वितरण गरेको र आगामी दिनमा पनि सहयोगी बन्ने प्रतिबद्धता व्यतm गरेका थिए ।
संस्थाको हाल १९ जिल्ला कार्य क्षेत्र रहेको र ३९ वटा शाखा कार्यालय मार्फत करिव ३७ हजार समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।