जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को मिति २०७६।०५।१२, १३ र १">
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को मिति २०७६।०५।१२, १३ र १४ गते रुपन्देही जिल्लाको बुटवलमा आ.व. २०७५।०७६ को वार्षिक समिक्षा तथा २०७६।०७७ को बजेट तथा कार्यक्रम बिनियोजन गोष्ठी वित्तीय संस्थाका अध्यक्ष श्री बावुराम बिश्वकर्मा को अध्यक्षतामा सु–सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सञ्चालक समितिका अध्यक्ष श्री बावुराम बिश्वकर्माले कर्मचारीहरुको अथक मेहनत र प्रयासले संस्थाले यो उचाई लिन सफल भएको छ र चालु आर्थिक वर्षमा पनि यो कार्यलाई निरन्तरता दिदै संस्थाले लिएको लक्ष्य हाँसिल गर्न तर्फ उन्मुख हुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुख तथा प्रतिनिधीहरुले आ–आफ्नो शाखाको वार्षिक प्रगति विवरण पेश गर्नुका साथै आगामी आर्थिक वर्ष २०७६।०७७ का लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७५।०७६ मा सदस्य संख्या ३७,६२७ बचत रु ४०,८८,०१,३३७ कर्जा रु १,४१,१७,३८,८४२ र सञ्चालन मुनाफा रु ३,८८,१०,०८० गरेको थियो भने आर्थिक वर्ष २०७६।०७७ को लागि सदस्य संख्या ५५,७०५ बचत रु ६६,७४,३१,०७७ कर्जा रु २,२४,४८,६७,२०६ र सञ्चालन मुनाफा रु ७,४२,३५,२२२ लक्ष्य निर्धारण गरेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेल तथा केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली, सन्तोष रसाइली, शर्मिला वि.क., टोप बहादुर सुनार, प्रकाश भण्डारी र शुशिला बुढाथोकी लगाएतले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण तथा सुझावहरु दिएका थिए । वित्तीय कारोवारलाई चुस्त दुरुस्त पार्दै वित्तीय संस्थाको निती नियम भित्र रही कार्य गर्न निर्देशन दिदै आर्थिक वर्ष २०७६।०७७ को उत्तरोत्तर प्रगतिको कामना गदै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेल द्वारा कार्यक्रमको समापन भएको थियो ।