जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय ठोरीको आयोजनामा मिति२०७८ पुष ७ गतेका दिन १ दिने “ बेमौसमी तरकारी खेती तालीम तथा घाम पावर सिंचाइ प्रदर्शनी" कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय ठोरीका शाखा प्रमुख सुमन सापकोटा को अध्यक्षतामा तथा ठोरी गा.पा. वडा न. १ का वडा अध्यक्ष राम प्रकाश कुँवर ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा घाम पावर सिंचाइ प्रदर्शनी र बेमौसमी तरकारी खेती बारे तालिम संचालन गरिएको थियो।
कार्यक्रममा सिर्जना मध्यवर्ती बचत तथा ऋण सहकारीकाका व्यवस्थापक जगेन्द्र पौडेल,वि.व्य.स. का अध्यक्ष कमल विक्रम तिमलसिना,श्री नेपाल राष्ट्रिय प्राबिधिक विद्यालयका प्र.अ.निरन्जन श्रीबास्तव,उक्त क्षेत्रका समाजसेवी,राजनितिक व्यक्तित्वहरु, घामपावर कम्पनिका कृषि अधिकृत हाद्धिक सापकोटा, धिरज ठाकुर, विद्यालयमा प्राविधिक शिक्षा अध्यनरत विद्यार्थीहरु साथै १३० समुह सदस्यको उपस्थिति रहेको थियो।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहि आफनो शाखा कार्यलय मार्फत बिभिन्न तालिमहरुको आयोजना गर्दै आइरहेको छ ।