जनउत्थान सामुदायिक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय कबिलास चितवन ले १११औ नारी दिवस को अवसर पारेर देवघाट गा पा वडा न. १ बर्षाखोला मा अवस्थित वर्षा खोला बालबिकास केन्द्रलाइ संस्थाका सन्चालक समितिका सदस्य नरेन्द्र कंडेल र गोकर्ण बहादुर कार्की क्षेत्रीको उपस्तिथीमा संस्था को सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै संस्थाका संचालक समितिका सदस्य तथा लेखा समितिका संयोजक श्री नरेन्द्र कंडेल ज्युले नारीको हक अधिकार तथा नारी सम्मान को महत्त्व का साथै संस्था पनि महिला शसक्तीकरण र महिलाको हक हितको अभियान्ता रहेको जानकारी गराउनुभयो।
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको प्रमुख आतिथ्यता तथा देवघाट गाउपालिका अध्यक्ष दुर्गा बहादुर थापा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा , महिला वालबालिका तथा जेष्ठ नागरिक इकाई प्रमुख बिनिता शाहको उपस्थिति रहेको थियो भने कार्यक्रममा संस्थाको तर्फबाट संचालक समितिका सदस्य तथा लेखा समितिका संयोजक नरेन्द्र कंडेल,संचालक समितिका सदस्य तथा जोखिम व्यस्थापन समितिका संयोजक गोकर्ण बहादुर कार्की क्षेत्री ,शाखा कार्यालय कबिलासका शाखा प्रमुख अमित गैह्रे लगायत अन्य कर्मचारी लगायतको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रमको आयोजना देवघाट गाउपालिका तनहुँ ले गरेको थियो।