विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाईरस (कोभिड–१९) ले नेपाल सहित विश्व नै आक्रान्त भई मानव जातिको अस्तित्व जोगाउन विश्व नै कोभिड–१९ को विरुद्धमा लडिरहेको यस विषम परिस्थितीमा संक्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै यस जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले संस्थामा कार्यरत २०१ जना कर्मचारीहरुको रक्षावरण गर्नुका साथै कर्मचारीहरुको मनोवल वृद्धि गर्ने उदेश्यका साथ संस्थामा कार्यरत सम्पूर्ण तहका कर्मचारीहरुको बीमाङ्क रकम रु १,००,०००।– को कोरोना (कोभिड–१९) रोग बीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको छ । उक्त बीमा लेख कायम रहेको अवधिमा कोरोना बीमा दावीका लागि कोरोना भाइरस (कोभिड–१९) पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।
स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण भन्ने मुख्य अभियानका साथ स्थापित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमा वित्तीय सेवा पु-याउने र समुदायमा रहेको शिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ । हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ ।