“स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण” भन्ने मुल नारालाई आत्मसात गर्दै आर्थिक रुपले विपन्न तथा वित्तीय पहुँचबाट वञ्चित समुह सदस्यहरुलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्ने उदेश्यले स्थापित पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्ला र ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको यस जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका विभिन्न शाखा कार्यालयहरुको लागि आवश्यक फिल्ड तहका कर्मचारीहरुलाई मिति २०७७/१२ /०२ देखि ०४ गते सम्म रुपन्देही जिल्लाको बुटवल स्थित होटल मेरी गोल्डमा नयाँ भर्ना भएका फिल्ड तहका कर्मचारीहरुलाई ३ दिने सेवा प्रवेश पूर्व तालिम सम्पन्न भएको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री बावुराम बिश्वकर्माको अध्यक्षतामा सुभारम्भ भएको कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य तथा पूर्व अध्यक्ष श्री रेवन्त बहादुर विश्वकर्मा , संचालक समितिका सदस्य एम .बी बिश्वकर्मा ले नयाँ आगान्तुक कर्मचारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गर्नुका साथै संस्थाको परीधि भित्र रही तोकिएको लक्ष्य अनुसार कार्य गर्नको लागि कर्मचारीहरुलाई सुझाव दिनु भएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको तालिम कार्यक्रममा केन्द्रीय कार्यालयको विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली , सन्तोष रसाली र ई .प्रकाश भण्डारी लगायतले फिल्ड तहमा काम गर्ने कर्मचारीहरुको लागि आवश्यक आधारभूत विषयहरुमा प्रशिक्षण गर्नु भएको थियो ।
सेवा प्रवेश पूर्व तालिमको तेस्रो तथा अन्तिम दिन सस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल अध्यक्षतामा सुभारम्भ भएको कार्यक्रममा संस्थाका बरिस्ठ अधिकृत इन्द्र बराली को स्वागत मन्तब्य रहेको थियो। कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले सम्पूर्ण कर्मचारीहरुलाई सदैव संस्थाको हकहित र लक्ष्य प्राप्तिका लागि संस्थागत सुशासनलाई ख्याल गरी कार्यगर्न सुझाव दिनुभएको थियो । नया प्रवेशी कर्मचारीहरु लाइ संस्थागत नीतिनियम सम्बन्धि जानकारी, कार्यक्रम अबधिभर विभिन्न विधामा सक्रिय कर्मचारीलाइ सम्मान कार्यक्रम र नियुक्ती पत्र बितरण गरि तालिम सम्पन्न भएको छ।
नयाँ कर्मचारीहरुको लागि सेवा प्रवेश पूर्व तालिम कार्यक्रमका केहि तस्बिरहरु :
नयाँ कर्मचारीहरुको लागि सेवा प्रवेश पूर्व तालिम कार्यक्रम : दिश्रो दिनका केहि तस्बिरहरु :
नयाँ कर्मचारीहरुको लागि सेवा प्रवेश पूर्व तालिम कार्यक्रम - तेस्रो तथा अन्तिम दिनका केहि तस्बिरहरु :
Our Official facebook page :