जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को ९ औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित श्री बाबुराम बिश्वकर्मा ज्यू ले मिति २०७७/०३/३१ गते का दिन नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक श्री राजेन्द्र भट्टराई ज्यू सँग नेपाल राष्ट्र बैंक सिद्धार्थनगरको कार्यालय भैरहवा, रुपन्देहीमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।
शपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष बिश्वकर्माले प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नियमन र निर्देशनको अधीनमा रही वित्तीय प्रणालीको सम्बद्र्धन तथा वित्तीय संस्थाको हितलाई सदैव ध्यानमा राखी आफ्नो कर्तव्य इमान्दारीताका साथ पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेल तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।
हाल यस वित्तीय संस्थाको पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ ।
Find us on Facebook :