बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठौं साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा सह सचिव डा. मान बहादुर विश्वकमाले संस्था स्थापनाकालमा विविध समस्या र कठिनाई संग जुद्धै संस्था स्थापना गर्दा र आजको दिनमा संस्थाले गरेको प्रगति हेर्दा गर्व लागेको बताउनु भयो । डा.विश्वकर्माले स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण भन्ने उद्देश्यका साथ संस्थाले अंगिकार गरेको अवधारण र भिजन अनुसार आगामी दिनमा अझै विपन्न समुदायको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारणसभाको अवसरमा जोखिम व्यवस्थापन समितिका संयोजक गोकर्ण बहादुर कार्की क्षेत्री, लेखा संयोजक नरेन्द्र कंडेल, संस्थापक माधव प्रसाद नेपाल, सर्वसाधारण शेयर धनी गौरी शंकर थापाले विपन्न ग्रामिण क्षेत्रका बञ्चितीकरणमा परेका समुदायलाई लघुवित्त संस्था मार्फत आर्थिक, समाजिक रुपन्तरण गर्न संस्थाले सहयोग पु¥याएको र संस्थाको पूँजीबजारमा पनि राम्रो शाख रहेको बताउनु भयो ।
संचालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थाको आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख श्रीराम पोख्रेलले गर्नु भएको थियो । संस्थाको साधारण सभाले उपयुक्त लघुवित्त वित्तीय संस्था संग मर्जर तथा प्राप्तीको लागी तयारी तथा अध्ययन गर्न संचालक समितिलाई अख्तियारी दिने, संस्थाको अधिकृत पुँजी ५० करोड कायम गर्ने र १ः२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने लागायतका निर्णयहरु गरेको छ । संस्थाले हाल सम्म १९ वटा जिल्लामा ३९ वटा शाखामा ३६५०० जना सदस्यलाई समुहमा आवद्ध गराई ३९ करोड बचत संकलन गरी २०५०० जानलाई १ अर्व ४२ करोड लगानी गरेको छ ।
आठौं साधारण सभाका केहि तस्बिरहरु :