दुई दिने लेखा तथा सफ्टवयर संचालन विषयक तालिम सम्पन्न
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संंसथा लि. बुटवलद्धारा फिल्ड कर्मचारीहरुलाई उनिहरुको क्षमता अभिवृद्धि तथा दैनिक कारोबारलाई अझ तिब्र गतिमा सम्पन्न गर्ने उदेश्यका साथ दुई दिने लेखा तथा सफ्टवयर संचालन विषयक तालिम सम्पन्न गरेको छ । संस्थाका १८ जिल्लामा संचालनमा रहेका शाखा कार्यालयका ३३ जना फिल्ड कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो ।
तालिममा सहभागीहरुलाई केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी इन्द्र बराली, इश्वरी ज्ञवाली, शर्मिला बि.क. तथा शुसिला बुढाथोकी द्धारा तालिमका बिषयहरुमा सहजीकरण गरिएको थियो । संस्थाका संचालक समितीका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता रहेको उक्त कार्यक्रममा संचालक समितीका सदस्य रेवन्त बहादुर विश्वकर्मा, केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत श्री राम पोख्रेल लगाएतले सहभागीहरुलाई तालिमले कर्मचारीको कार्यक्षमता अभिबृद्धी भई ब्यक्तिगत तथा संस्थागत लक्ष्य प्राप्तीमा ठुलो सहयोग पुग्ने हुँदा तालिममा सिकेका कुराहरुलाई बास्तविक कार्यक्षेत्रमा पनि हुवहु अनुसरण गरेर जानुपर्ने कुरामा जोड दिएका थिए ।
संस्था संचालक समितीका अध्यक्ष बावुराम विश्वकर्माद्धारा सहभागि कर्मचारीहरुलाई प्रमाण पत्र वितरण गरि समापन गरिएको कार्यक्रम केन्द्रिय कार्यालयका अधिकृत भरत कुमार रसाली ले गरेका थिए ।