जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को मिति २०७६ कार्तिक २९, ३० र मंसिर ०१ गते रुपन्देही जिल्लाको बुटवलमा अवस्थित होटल पौवामा आ.व. २०७६÷०७७ को प्रथम त्रैमासिक समिक्षा बैठक तथा तनाव व्यवस्थापन तालिम वित्तीय संस्थाका अध्यक्ष श्री बावुराम विश्वकर्माको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका प्रमुख श्री राजेन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा सु–सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका प्रमुख श्री राजेन्द्र भट्टराईले लघुवित्त कार्यक्रमको माध्यमबाट वित्तीय पहुँचबाट बञ्चित, समाजमा पछाडी पारिएका वर्ग तथा महिलाहरुलाई आर्थिक रुपमा शसक्तिकरण गर्नका लागि पूर्ण रुपमा लाग्न र लघुवित्त क्षेत्रमा नै आफ्नो भविष्य सुनिश्चत बनाउन Ethical Banking लाई अनुसरण गर्दै कार्य गर्न संस्थामा कार्यरत कर्मचारीहरुलाई सुझाव दिनु भएको थियो ।
समिक्षा बैठक कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्य अनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए । प्रथम त्रैमास सम्ममा यस वित्तीय संस्थाले सदस्यहरुको जम्मा रु ४४,४१,४२,०६०।– बचत संकलन गरेको छ भने लगानीमा रहेको रकम रु १,४७,०७,४६,२७६।– तथा सञ्चालन मुनाफा रु १,५७,९५,०३० ।– आर्जन गर्न सफल भएको छ । उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य श्री रेवन्त बहादुर विश्वकर्मा, मान बहादुर विश्वकर्मा, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल तथा संस्थाको केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली, सन्तोष रसाइली, शर्मिला वि.क., ई.प्रकाश भण्डारी,सुशिला बुढाथोकी लगायतले आ–आफ्नो सुझावहरु दिएका थिए ।
समिक्षा बैठक सँगै संस्थाले कर्मचारीहरुको लागि तनाव व्यवस्थापन तालिमको पनि आयोजना गरेको थियो जसको सहजीकरण मानव सेवा आश्रमका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष श्री रामजी अधिकारी र रुपा के.सी ज्यूले गर्नु भएको थियो । साथै, उक्त कार्यक्रममा संस्थाका संस्थापक श्री शंकर पौड्यालले व्यवस्थापकीय भूमिकाको विषयमा आफ्नो प्रस्तुती गर्नु भएको थियो भने कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष श्री बावुराम विश्वकर्माले सम्पूर्ण कर्मचारीहरुलाई सदैव संस्थाको हकहित र लक्ष्य प्राप्तिका लागि संस्थागत सुशासनलाई ख्याल गरी कार्यगर्न सुझाव दिनुभएको थियो ।
Find us on Facebook :